आफ्नो बारेमा

मेरो नाम नारायण पराजुली हो । म शुक्र माध्यमिक विद्यालय, मधुवन, बर्दियामा माध्यमिक तहको विज्ञान शिक्षकको रुपमा काम गरिरहेको छु । एउटा शिक्षक भएको नाताले आफ्नो विद्यालय तथा नेपालका कक्षा १० मा अध्ययनरत सम्पूर्ण बालबालिकाको लागि डिजिल शैक्षिक सामाग्री उपलब्ध गराउने उद्देश्य लिएर यो साइट तयार पारेको छु । विद्यार्थी भाइ बहिनी तथा अन्य यस सम्बद्ध सरोकारवालाहरूले यो साइटबाट फाइदा लिनुहुने छ भन्‍ने आशा राखेको छु । साथै यो साइटमा केही कमजोरी फेला परेमा वा यसमा थप गर्नेु पर्ने केही भएमा मलाई सुझाव दिन सक्नु हुनेछ । प्राप्त सुझाव अनुसार यसलाई परिष्कृत गर्दै कक्षा १० मा अध्ययनरत बाइबहिनीहरूको उत्कृष्ट डिजिटल पुस्तकको रुपमा विकास गर्दै लाने छु । 

सम्पर्क इमेल : narayan@shukra.edu.np

केही प्रश्न सोध्नु परेमा गुगल ग्रुपमा गएर प्रश्न पोस्ट गर्न सक्नुहुनेछ ।