याद गर्नुपर्ने बुँदाहरू
सजीवको वर्गीकरणः सजीवहरूलाई तिनीहरूको समान र असमान गुणको आधारमा विभिन्न समूह र उपसमूहमा राख्ने प्रक्रियालाई सजीहरूको वर्गीकरण भनिन्छ ।
पाँच जगत वर्गीकरणः पाँच जगत वर्गीकरणको शुरुवात Robert H Whittaker गरेका हुन् ।
सजीवको वर्गीकरणः सजीवहरूलाई तिनीहरूको समान र असमान गुणको आधारमा विभिन्न समूह र उपसमूहमा राख्ने प्रक्रियालाई सजीहरूको वर्गीकरण भनिन्छ ।
पाँच जगत वर्गीकरणः पाँच जगत वर्गीकरणको शुरुवात Robert H Whittaker गरेका हुन् ।
मोनेरा जगतमा एक कोषीय, निश्चित न्युक्लियस नहुने (प्रोक्यारियोट्स) सजीवहरू पर्दछन् । जस्तैः ब्याक्टेरिया
प्रोटिस्टा जगतमा एक कोषीय, न्युक्लियस भएका (युक्यारियोट्स) सजीवहरू पर्दछ । जस्तैः अमिवा, पारामेसियम
फन्जाइ जगतमा बहुकोषीय, न्युक्लियस भएका, कोष भित्ता भएका, हरितकण नभएका, मृतोपजीवि सजीवहरू पर्दछन् । जस्तैः च्याउ, यिस्ट आदि
प्लान्टि जगतमा बहुकोषीय, कोष भित्ता भएका, हरितकण भएका स्वपोषी सजीवहरू पर्दछन् । जस्तै दुबो, पिपल, मकै आदि
एनिमलिया जगतमा बहुकोषीय, कोष भित्ता नभएका, हरितकण नभएका परपोषी सजीवहरू पर्दछन् । जस्तैः मौरी, मानिस आदि
अल्गीः यो डिभिजनमा पर्ने बिरुवालाई जरा,काण्ड र पातमा छुट्टाउन सकिदैंन, यिनीहरू प्रायःजसो पानीमा पाइन्छन् । जस्तैः स्पारोगाइरा (लेउ), भल्भक्स, फ्युकस आदि
ब्रायोफाइटाः यो डिभिजनमा पर्ने बिरुवालाई काण्ड र पातमा छुट्टाउन सकिन्छ तर जरा हुदैन जराको सट्टामा राइज्वाइडस् हुन्छन् , यिनिहरू चिसो र ओसिलो ठाँउमा पाइन्छन् , यिनिहरूको प्रजनन् हुन पानी नभई हुँदैन त्यसैले यसलाई उभयचर बनस्पति भनिन्छ । यिनिहरूको जीवन चक्रमा अलटरनेशन अफ जेनेरेशन हुन्छ । जस्तैः मार्केन्सिया, मस, रिसिया आदि ।
ट्राकियोफाइटाः यो डिभिजनमा पर्ने बिरुवालाई जरा, काण्ड र पातमा छुट्टाउन सकिने , जाइलम र फ्लोयम जस्ता भास्कुलर तन्तुको विकास भएका विरूवाहरू यस डिभिजनमा पर्छन् । यसलाई टेरिडोफाइटा, जिम्नोस्पर्म र एन्जियोस्पर्म गरी तीन वटा सवडिभिजनमा छुट्टाइएको छ ।
टेरिडोफाइटाः यो सब-डिभिजनमा पर्ने बिरुवाको जरा, काण्ड र पात प्रष्टसँग छुट्टिएका, फूल नफूल्ने, ओसिलो र छाया परेको ठाँउमा पाइन्छन्। जस्तैः उनिउँ, निउरो, पानी अमला, क्लबमस आदि
जिम्नोस्पर्मः यो सब-डिभिजनमा पर्ने बिरुवामा फूल फूल्छ (वास्तविक फूलको सट्टा कोन हुन्छ ) तर फल लाग्दैन, यिनीहरूको पात सियो जस्तो तिखो हुन्छ । जस्तैः सल्ला, साइकस
एन्जियोस्पर्मः यो सब-डिभिजनमा पर्ने बिरुवामा फूल फुल्छ र फल पनि लाग्छ । यसलाई एकदलीय र दुई दलीय क्लास (वर्ग)मा छुट्टाइएको छ ।
एकदलीयः यिनीहरूको बीउको एक फक्लेटा हुन्छ, पात लामा हुन्छन् , पातमा समानान्तर शीराक्रम हुन्छ, झुप्प परेको गुच्छे जरा हुन्छ । जस्तैः मकै, धान, प्याज, बाँस आदि
दुई दलीयः यिनीहरूको बीउको दुई फक्लेटा हुन्छ , पात गोला हुन्छन् , पातमा जालीदार शीराक्रम हुन्छन् , मुल जरा हुन्छ । जस्तैः चना, केराउ, सिमी, तोरी आदि
पोरिफराः शरीरमा धेरै छिद्रहरू भएका बहुकोषीय जीवहरू
डिप्लोब्लास्टिकः भ्रुण अवस्थामा दुई तहबाट शरीरको विकास भएका जनावरहरू
ट्रिप्लोब्लास्टिकः भ्रुण अवस्थामा दुई तहबाट शरीरको विकास भएका जनावरहरू
रेडियल्ली सिमेट्रिकलः शरीरलाई जुनसुकै दिशाबाट काट्दा पनि बराबर दुई भागमा विभाजन गर्न सकिने
बाइलेटरल्ली सिमेट्रिकलः शरीरलाई बराबर दुई भागमा विभाजन सकिने
असिमेट्रिकलः शरीरलाई बराबर दुई भागमा विभाजन गर्न नसकिने
उभयलिङ्गीः भाले र पोथी अङ्ग दुवै एउटै शरीरमा हुने जीव
एक लिङ्गीः भाले र पोथी छुट्टाछुट्टै हुने जीव
समतापीः शरीरको तापक्रम वातावरण अनुसार परिवर्तन नहुने जीव । जस्तैः मानिस, चरा आदि
विषमतापीः शरीरको तापक्रम वातावरण अनुसार परिवर्तन भइरहने जीव । जस्तै माछा, भ्यागुता, सर्प
ओभिप्यारसः फुलबाट बच्चा कोरल्ने जीव
भिभिप्यारसः सिधै बच्चा जन्माउने जीव
बाहिरी गर्भाधानः पोथीको शरीर बाहिर शुकर्कीट र अण्डको मिलन हुने प्रक्रिया
भित्री गर्भाधानः पोथीको शरीर भित्र शुक्रकीट र अण्डको मिलन हुने प्रक्रिया