गुरूत्वाकर्षण बल
कुनै दुुई आकाशिय पिण्डहरूको बीचमा उत्पन्नु हुने आकर्षण बललाई गुरूत्वाकर्षण वल भनिन्छ । जस्तै: सूर्य र पृथ्वीको वीचमा उत्पन्न हुने वल आदि ।
गुरूत्वाकर्षण वलका असरहरू
पृथ्वीले सूर्यको वरीपरि परिक्रमा गर्नु
चन्द्रमाले पृथ्वीको परिक्रमा गर्नु
पृथ्वीको समुन्द्रमा ज्वारभाटा उत्पन्न हुनु
न्युटनको गुरूत्वाकर्षण सम्बन्धि विश्वव्यापि नियमः
“ब्रह्माण्डमा रहेका कुनै पनि दुई वस्तुहरूबिच उत्पन्न हुने गुरुत्वाकर्षण बल ती वस्तुका पिण्डहरूको गुणन फलसँग समानुपातिक हुन्छ भने ती वस्तुहरूका केन्द्रबिचको दुरीको वर्गसँग व्युत्क्रमानुपातिक हुन्छ ।”
यो नियम ब्रहमाण्डको जुन सुकै ठाँउमा र साना ठूला सबै वस्तुमा लागु हुने हुनाले यसलाई विश्वव्यापि नियम भनिएको हो ।
गुरूत्वाकर्षण स्थिर अंक (G)
1 Kg पिण्ड भएका दुई वस्तुहरू बीचको दूरी 1 m हुदा उत्पन्न हुने गुरूत्वाकर्षण बललाई गुरूत्वाकर्षण स्थिर अंक भनिन्छ ।
गुरूत्वबल
पृथ्वीले आफ्नो वरिपरी रहेका वस्तुहरूलाई आफ्नो केन्द्र तिर तान्ने बललाई गुरूत्वबल भनिन्छ ।
गुरूत्वबलका असरहरू
माथि तिर फालिएको वस्तु तल खस्नु
पानि ओरालो तिर बग्नु
पृथ्वीमा वायुमण्डल हुनु
भवन पुल जस्ता भौतिक संरचना अडिनु
गुरूत्वबल सम्बन्धि तथ्यहरू
गुरूत्वबल वस्तुको पिण्डमा भर पर्छ । धेरै पिण्ड भएको वस्तुमा लाग्ने गुरूत्वबल बढी हुन्छ भने थोरै पिण्ड भएको वस्तुमा लाग्ने गुरूत्वबल पनि कम हुन्छ ।
कुनै वस्तुमा लागेको गुरूत्वबललाई तौल भनिन्छ ।
गरूत्वबल वस्तुको पिण्डको (m) र अर्धव्यास (R) मा भर पर्छ ।
पिण्ड बढ्दा गुरूत्वबल बढ्छ तर अर्धव्यास बढ्दा गुरूत्वबल घट्छ ।
तराई क्षेत्रमा भन्दा हिमाली क्षेत्रमा अर्धव्यास (R) को मान बढी भएकाले हिमाली क्षेत्रमा वस्तुको तौल कम हुन्छ ।
चन्द्रमाको गुरूत्वबल पृथ्वीको तुलनामा ⅙ गुणा कम छ । त्यसैले पृथ्वीमा 1 m उफ्रिन सक्ने व्यक्तिले चन्द्रमामा 6 m उफ्रिन सक्छ ।
गुरूत्व प्रवेग
पृथ्वीको सतहतिर स्वतन्त्र रुपले खसिरहेको वस्तुमा गुरूत्वबलको कारणले गर्दा उत्पन्न हुने प्रवेगलाई गुरुत्वप्रवेग भनिन्छ । यसलाई ‘g’ ले जनाइन्छ । यसको एकाई m/s2 हो ।
गुरूत्वप्रवेगले गर्दा वस्तु जति जति तल आउछ त्यति नै गति बढ्दै जान्छ । त्यसैले धेरै उचाईबाट हाम फाल्दा धेरै चोट लाग्छ।
समान उचाईबाट ठूलो ढुङ्गा र सानो ढुङ्गा एकै साथ खसाल्दा दुबै एकै साथ जमिन आइपुग्छन् । उचाई समान भएकाले दुवैमा गुरूत्व प्रवेगपनि समान कायम हुन्छ त्यसैले एकैसाथ जमिनमा खसेका हुन् ।
एउटा सिक्का र प्वाँखलाई समान उचाईबाट एकसाथ खसाल्दा सिक्का चाडै जमिनमा खस्छ भने प्वाँख ढिलो खस्छ । प्वाँखमा हावाको अवरोध बढी हुने भएकाले ढिलो जमिनमा खसेको हो । तर यही प्रयोग चन्द्रमामा गर्ने हो भने त्यहाँ हावाको अवरोध नभएकाले दुवै एकैसाथ जमिनमा खस्छन् ।
'गुरूत्वप्रवेग वस्तुको पिण्डमा भर पर्दैन' यहि नै प्वाँख र सिक्काको प्रयोगको निष्कर्ष हो ।
अर्धव्यास (R) र गुरूत्व प्रवेग (g)को सम्बन्ध
गुरूत्वप्रवेग(g) सम्बन्धि तथ्यहरू
पृथ्वी पूर्ण रूपमा गोलो नभएकाले यसको अर्धव्यास ठाउँ अनुसार फरक फरक छ । त्यसैले 'g' को मान पनि ठाउँ अनुसार फरक फरक हुन्छ ।
हिमाली र तराई क्षेत्रको तुलना गर्दा पृथ्वीको अर्धव्यास (R) हिमाली क्षेत्रमा बढी भएकाले त्यहाँ 'g' को मान कम हुन्छ । तर तराई क्षेत्रमा अर्धव्यास (R) कम भएकाले 'g' को मान बढी हुन्छ ।
भू-मध्य रेखीय क्षेत्रमा भन्दा ध्रुविय क्षेत्रमा पृथ्वीको अर्धव्यास बढी हु्न्छ । त्यसैले ध्रुवीय क्षेत्रमा 'g' को मानबढी हुन्छ ।
ध्रुवीय क्षेत्रमा 'g' को मान बढी हुने भएकाले समान उचाइबााट खसालिएको वस्तु भू-मध्यरेखीय क्षेत्रमा भन्दा छिटो खस्छ ।
'g' को मान ध्रुवीय क्षेत्रमा 9.83 m/s2 , भू-मध्यरेखीय क्षेत्रमा 9.78 m/s2 , पृथ्वीको औसत 9.8 m/s2 , चन्द्रमामा 1.67 m/s2 (पृथ्वीको भन्दा 1/6 गुणा कम), वृहस्पतिमा 25 m/s2 ( पृथ्वीको भन्दा 2.5 गुणा बढी) हुन्छ ।
पिण्ड र तौल
कुनै वस्तुमा भएको पदार्थको परिमाण लाई पिण्ड भनिन्छ । कुनै वस्तुमा लागेको गुरुत्वबलको नाप नै त्यस बस्तुको तौल हो ।
पिण्ड स्थान अनुसार फरक पर्दैन । तौल ठाउँ अनुसार फरक पर्छ ।
पिण्ड भौतिक तराजुले नापिन्छ । तौल कमानी तराजुले नापिन्छ ।
पिण्डको एस आइ एकाई Kg हो । तौलको एस आइ एकाई N हो ।
स्वतन्त्र खसाई
कुनै वस्तु बाह्य अवरोध विना स्वतन्त्र रूपले खस्नुलाई स्वतन्त्र खसाई भनिन्छ । पृथ्वीमा हावाको अवरोध हुने भएकाले कुनै पनि खसाई पूर्ण रूपमा स्वतन्त्र हुनँदैनन् । चन्द्रमामा हुने खसाई, शुन्य (Vacuum) मा हुने खसाई पूर्ण स्वतन्त्र खसाईका उदाहरण हुन् ।
तौलविहिनता
कुनै वस्तुको तौल शुन्य भएको अवस्थालाई तौल विहीनता भनिन्छ ।
तौल विहिनता हुने अवस्थाहरूः १) स्वतन्त्र खसाईको अवस्थामा २) अन्तरीक्षमा रहेको अवस्थामा
कारण दिने प्रश्नहरू
उपग्रहहरुले पृथ्वीको परिक्रमा गर्दा कुनै प्रकारको उर्जाको आवश्यकता पर्दैन, किन?
उपग्रह हरुले पृथ्वीको वरिपरि परिक्रमा गर्नको लागि सेन्ट्रिपेटल बलको आवश्यकता पर्दछ । यो बल पृथ्वी र उपग्रहहरु बिचमा उत्पन्न हुने गुरुत्वाकर्षण बलले प्रदान गरेको हुन्छ त्यसैले गर्दा उपग्रहहरुले पृथ्वीको परिक्रमा गर्दा छुट्टै प्रकारको उर्जाको आवश्यकता पर्दैन ।
कुनै वस्तुको पिण्ड स्थिर हुन्छ तर तौल ठाउँ अनुसार फरक पर्छ, किन?
पिण्ड भनेको बस्तुमा भएको पदार्थको परिमाण हो त्यसैले वस्तुको पिण्ड सबै ठाउँमा स्थिर हुन्छ । तर तौल वस्तुमा लागेको गुरुत्वबल को नाप हो र यो अर्धव्यासमा भर पर्छ त्यसैले पृथ्वीको अर्धव्यास ठाउँ अनुसार फरक फरक भएकाले तौल पनि ठाउँ अनुसार फरक हुन्छ ।
हिमाली क्षेत्र र तराई क्षेत्र मध्ये कुन ठाउँमा गुरुत्व प्रवेगको मान बढी हुन्छ, किन?
गुरुत्वप्रवेग अर्धव्यासको वर्गसँग व्युतक्रमानुपातिक (g ∝ 1/R2 )हुन्छ । हिमाली क्षेत्रमा भन्दा तराई क्षेत्रमा पृथ्वीको अर्धव्यास कम भएकाले तराई क्षेत्रमा गुरुत्वप्रवेग (g) को मा न बढी हुन्छ ।
पृथ्वीको ध्रुवीय क्षेत्र र भूमध्य रेखीय क्षेत्रमा समान उचाइबाट खसाइएका वस्तुहरूमध्ये ध्रुवमा छिटो खस्छ, किन ?
पृथ्वीको ध्रुवीय क्षेत्रमा गुरूत्वप्रवेगको मान 9.83 m/s2 र भू-मध्ये रेखीय क्षेत्रमा गुरुत्वप्रवेगको मान 9.78 m/s2 हुन्छ । यसरी ध्रुवीय क्षेत्रमा g को मान बढी भएकाले ध्रुवीय क्षेत्र र भूमध्य रेखीय क्षेत्रमा समान उचाइबाट खसाइएका वस्तुहरूमध्ये ध्रुवीय क्षेत्रमा वस्तु छिटो खस्छ ।
डल्ला पारिएका र डल्ला नपारिएका कागजका पानाहरू हावामा एकैसाथ खसाल्दा डल्ला पारिएका कागजका पानाहरू छिटो खस्छन्, किन ?
डल्ला नपारिएको कागजको सतहको क्षेत्रफल बढी हुने भएकाले हावाको अवरोध पनि बढी हुन्छ त्यसैले यो ढिलो खस्छ । तर डल्ला पारिएको कागजको क्षेत्रफल कम हुने भएकाले यसमा हावाको अवरोध पनि कम हुन्छ र यो छिटो खस्छ ।
पृथ्वीको सतहमा ठुलो ढुङ्गा उचाल्न गारो हुन्छ तर सानो ढुङ्गा उचाल्न सजिलो हुन्छ, किन ?
ठुलो ढुङ्गाको पिण्ड धेरै हुने भएकाले यसको तौल बढी हुन्छ त्यसैले उचाल्न गाह्रो हुन्छ तर सानो ढुङ्गाको पिण्ड कम हुने भएकाले तौल पनि कम हुन्छ र उचाल्न सजिलो हुन्छ ।
भ्याकुमभित्र एउटा फलामको गुच्चा र एउटा प्वाँख एकैसाथ खसाल्दा एकैसाथ जमिनमा पुग्छन्, किन?
भ्याकुम भित्र हावाको अवरोध नहुने र दुवैमा समान गुरुत्वप्रवेग कायम हुने भएकाले फलामको गुच्चा र प्वाँख एकैसाथ खसाल्दा एकैसाथ जमिनमा पुग्छन्
धेरै उचाईबाट हाम फाल्दा चोट लाग्ने सम्भावना बढी हुन्छ, किन ?
धेरै उचाईबाट हामफाल्दा जमिनमा खस्ने बेलाको गति पनि बढी हुने भएकाले चोट लाग्ने सम्भावना पनि बढी हुन्छ ।