तापशक्ति

तापक्रम

कारण दिने प्रश्‍नहरू

१) जाडो महिनामा ओछ्यानबाट उठ्दा कोठाको हावा चिसो लाग्छ तर बाहिर खुला हावामा केहीबेर डुलेर फर्कियो भने त्यही कोठाको हावा न्यानो लाग्छ ।

जाडो महिनामा ओछ्यानको भन्दा कोठाको तापक्रम कम हुने भएकाले ओछ्यान भन्दा कोठाको हावा चिसो लाग्छ । तर बाहिरको हावाको तापक्रम भन्दा कोठाको हावाको तापक्रम बढी हुने भएकाले  केहीबेर बाहिर डुलेर  फर्किदा त्यही कोठाको हावा न्यानो लाग्छ ।


२) गर्मीमा माटाको भाँडामा राखेको पानी चिसो हुन्छ ।

माटोको भाडामा मसिना छिद्रहरु हुन्छन् ती छिद्रहरूबाट पानीका मसिना कण बाहिर निस्कन्छन् र बाफमा परिणत हुन्छन् । यस प्रक्रियामा  भाडोको धेरै ताप सोसिन्छ । यसैले गर्दा  गर्मी महिनामा माटाको भाडा राखेको पानी चिसो हुन्छ ।


३) दिउसो हावा समुन्द्रबाट जमिनतिर बहन्छ भने राति जमिनबाट समुन्द्रतिर बहन्छ ।

दिउसो समुन्द्र भन्दा जमिन छिटो तात्‍ने भएकाले जमिनको तापक्रम बढी हुन्छ त्यसैले हावा समुन्द्रबाट जमिन तिर बहन्छ । त्यस्तै राती समुन्द्र भन्दा जमिन छिटो सेलाउने भएकाले समुन्द्रको तापक्रम बढी हुन्छ त्यसैले हावा जमिनबाट समुन्द्र तिर बहन्छ ।


४) उम्लिरहेको पानीले भन्दा यसबाट निस्केको बाफले बढी पोल्छ ।

उम्लिरहेको पानीमा भन्दा यसबा निस्केको बाफमा धेरै तापशक्ति हुने हुनाले बढी पोल्छ । 


५) मोटरको तातो इन्जिन चिस्याउन पानीको प्रयोग गरिन्छ ।

पानीको विशिष्ट तापधारण क्षमता बढी (4200 J/kg°C) भएकाले पानी ढिलो तात्छ । त्यसैले लामो समयसम्म गाडीको इन्जिनलाई चिसो बनाइराख्‍न पानीको प्रयोग गरिन्छ ।