वैज्ञानिक अध्ययन

याद गर्नुपर्ने केही बुँदाहरूः

चिनीको घोल्यमात्रामा तापको असरको अध्ययन गर्दाः तापक्रम स्वतन्त्र चर हो, घोल्यमात्रा आश्रित  चर हो, पानीको मात्रा नियन्त्रित चर हो। 

केही कारण दिने प्रश्‍नहरूः

क) कार्यको एकाइ जुल तत्जन्य एकाइ हो । 

कार्यको एकाइ जुल मिटर, किलोग्राम र सेकेण्ड जस्ता आधारभूत एकाइहरू मिलेर बनेको हुनाले यो तत्जन्य एकाइ हो ।

ख) प्रयोग गर्दा केही चरहरूलाई नियन्त्रण गर्नुपर्छ ।

प्रयोगको निष्कर्षलाई मान्य बनाउन, नतिजालाई विश्‍वसनीय बनाउन र शुद्धता कायम गर्न स्वतन्त्र र आश्रित बाहेक अन्य चरलाई नियन्त्रण गर्नुपर्छ ।

ग)  v2 = ut  मान्य हुँदैन ।

यो समीकरणको दुवै पट्टिको परिमाणको आधारभूत इकाइमा एकरुपता छैन त्यसैले यो मान्य हुँदैन ।

फरक लेख्‍ने प्रश्‍नहरूः